PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सैन्य अस्पताल लगियो



कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सैन्य अस्पताल लगियो
Photo : AP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका राष्ट्रपतिलाई वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा लगिएको हो। 

सावधानी अपनाउन उनलाई सैन्य अस्पताल लगिएको बताइएको छ। 

शुक्रबार ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पमा‌ कोभिड १९ संक्रमण पुष्टि भएको थियो। ट्रम्पलाई कोरोनाका मध्यम लक्षण देखिएको ह्वाइट हाउसले जनाएको छ। 

ट्रम्पमा कोरोना पुष्टि भएसँगै आगामी नोभेम्बरमा हुने तय भएको राष्ट्रपति निर्वाचन के हुन्छ भन्ने बारेमा अहिले चर्चाको बिषय बनेको छ ‌ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell