PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोदीको जन्मदिनमा ओलीको शुभकामना, सम्बन्ध बलियो बनाउन जुटिरहने प्रतिवद्धता



पहिलोपोस्ट

मोदीको जन्मदिनमा ओलीको शुभकामना, सम्बन्ध बलियो बनाउन जुटिरहने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभकामना प्रकट गरेका छन्। 
'प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन,' प्रधानमन्त्री ओलीले ट्विटमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, 'तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु।'

ओलीले मोदीसँग मिलेर काम गर्ने पनि उल्लेख गर्न भ्याएका छन्। 'हामी निकट रहेर संयुक्त रुपमा दुई मुलुकबीचको सम्बन्ध बलियो बनाउन निरन्तर लागिरहने छौं,' ओलीले लेखेका छन्।

भारतले सीमा मिचेपछि नयाँ नक्सा जारी हुँदा नेपाल भारतबीच सम्बन्ध चिसिएको थियो। नक्सा जारी गरे पनि सरकारले भारतीय पक्षको नियन्त्रणमा रहेको भूमि ल्याउने ठोस प्रयास नगरेको भए पनि भारतीय समकक्षीसँग सम्बन्ध सुधारका लागि भने यस्तै कुटनीतिक प्रयास गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell