PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपप्रम पोखरेलको प्रष्टीकरण : सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गर्न हस्तक्षेप गरेको छैन



पहिलोपोस्ट

उपप्रम पोखरेलको प्रष्टीकरण : सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गर्न हस्तक्षेप गरेको छैन

काठमाडौं: उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा कसैलाई नियुक्त गर्न आफूले हस्तक्षेप नगरेको प्रष्टिकरण दिएका छन्।
उनले आफूले आफ्ना नाता सम्बन्धको दुरुपयोग नगरेको स्पष्टिकरण दिएका हुन्। पोखरेलले आफ्ना सम्धी डा. उपेन्द्र कोइरालाई बाणिज्य बैंकको अध्यक्ष नियुक्त गरेको भन्दै आलोचना भएपछि उनले स्पष्टिकरण दिएका हुन्। 

'मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन,' उनले भनेका छन्।

संस्थागत निर्णयकै आधारमा नियुक्ति गरिएको उनको भनाई छ।

उनले आफ्नो कतै हस्तक्षेप भए कानुनी कारवाही भोग्न आफू तयार रहेको बताएका छन्। 'यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएका बेला पनि आफ्नो बारेमा कु-प्रचार गरिएको पोखरेलले गुनासो गरेका छन्। घरको पानी ट्यांकीमा पैसा राखेको भनेर आफ्नो बारे गलत प्रचार गरिएको उनको दाबी छ।

'विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले 'घरको पानी ट्यांकीमा पैसा राखेको' कुप्रचार गरिएको थियो,' पोखरेलले भनेका छन्।

सबै महानुभावहरूमा अनुरोध ! ——————————- केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका...

Posted by Ishwar Pokhrel on Wednesday, August 26, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell