PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विवादित प्रश्न सोधेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रत्यासित रुपमा टुङ्ग्याए प्रेस कन्फ्रेन्स



पहिलोपोस्ट

विवादित प्रश्न सोधेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले अप्रत्यासित रुपमा टुङ्ग्याए प्रेस कन्फ्रेन्स

आकस्मिक रुपमा कन्भलेसेन्ट प्लाज्मालाई फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले अनुमति दिएको विषयमा प्रश्न गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यासित रुपमा पत्रकार सम्मेलन नै टुङ्ग्याएका छन्।

कोरोना भाइरसविरुद्ध कन्भलेसेन्ट प्लाज्मालाई स्वीकृत दिएको विषयमा पत्रकारले विस्तृत विवरण खोजेका थिए।

एफडीएका कमिसनर डक्टर स्टेफन हानको अभिव्यक्ति राष्ट्रपति ट्रम्पको भन्दा फरक आएपछि पत्रकारले प्रश्न गरेका थिए। उनीबाट जवाफको अपेक्षा गरिरहेका पत्रकारलाई राष्ट्रपति ट्रम्पले व्युरोकेसीलाई फास्ट ट्र्याकमा ल्याएको भन्दै उम्किएका थिए।

वासिङ्टन एक्जामिनरका रिपोर्टर रब क्रिलीले ट्रम्पलाई प्रश्न गरेका थिए - 'हिजोसम्म यसले प्रभाव देखाउने सम्भावना छ भनियो, आज सुरक्षित र धेरै प्रभावकारी भन्नुभयो, यी दुईमध्ये कुन कुरा ठीक हो?'

ट्रम्पले जवाफ दिन चाहेनन् र डक्टर हानलाई अघि सारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell