PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विराटनगरमा स्वाब संकलन गर्ने चिकित्सकमै देखियो कोरोना, नमुना संकलन कार्य रोकियो



फूलमाया पुरी

विराटनगरमा स्वाब संकलन गर्ने चिकित्सकमै देखियो कोरोना, नमुना संकलन कार्य रोकियो

विराटनगर : विराटनगर महानगरपालिकाका स्वाब संकलनकर्ता एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। महानगरपालिकामा पछिल्लो २४ घण्टामा ३१ महिला र ५५ पुरुषमा संक्रमण देखिएको  महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइँकेलले जानकारी दिए।

कुइँकेलका अनुसार महानगरपालिकाका चिकित्सकसँगै नोवेल मेडिकल कलेजका तीन र न्यूरो अस्पतालका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ।

त्यस्तै, महानगरपालिकाको एउटै वडाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नम्बर १६ मा तीन महिला र १३ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी, वडा नम्बर ६ मा चार महिला र सात पुरुष पनि संक्रमित भएका छन्। यस्तै, वडा नम्बर ३ र ११ मा ९र९ जना संक्रमित थपिएका छन्। वडा नम्बर ५ का सात जना, ९ नम्बर वडाका ६ जना, २ नम्बर वडाका चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, वडा नम्बर १ मा दुई जना, ८ नम्बर वडाका तीन जना, १२ नम्बरका एक जना, १३ नम्बरका तीन जना, १४ नम्बरमा दुई जना र वडा नम्बर १५ का पाँच जनामा कोरोना संक्रमण देखिएको महानगरपालिकाको तथ्याकं छ। आज संक्रमित भएका तीन जनाको वडा नखुलेको कुइँकेलले बताए।

‘तीन जना संक्रमितको वडा खुलेको छैन, हामी कन्ट्याक्ट ट्रेसिङ गर्दैछौं’, उनले भने।

महानगरपालिकाका चिकित्सक र थप एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज स्वाब संकलन कार्य रोकिएको पनि उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell