PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगर महानगरपालिकामा २७ जना थपिए संक्रमित, गोल्डन अस्पतालका कर्मचारीमा पनि देखियो कोरोना



फूलमाया पुरी

विराटनगर महानगरपालिकामा २७ जना थपिए संक्रमित, गोल्डन अस्पतालका कर्मचारीमा पनि देखियो कोरोना

विराटनगर : विराटनगर महानगरपालिकामा २७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्।

विराटनगरस्थित गोल्डेन अस्पतालका एक कर्मचारी सहित ९ महिला र १८ पुरुष थपिएको महानगरपालिका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टीमका राजेन्द्र कुइकेलले जानकारी दिए।

कुइकेलका अनुसार थपिएका संक्रमित ८ वर्षदेखि ६६ वर्षका वृद्धसम्म छन्।

आज सबैभन्दा धेरै वडा नम्बर ६ मा ६ जना संक्रमित थपिएका छन्। त्यस्तै ३ नम्बर वडाका पाँच जना, ९ नम्बरका तीन जना, १६ नम्बर वडाका तीन जना र वडा नम्बर १७ का दुई जनामा संक्रमण देखिएको छ।

त्यसैगरी वडा नम्बर १, ४, ५, ८, ११, १३ र १५ का एकएक जनामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको कुइकेलले बताए।

आज संक्रमण देखिएकाहरुको गत २५ र २७ गते स्वाब संकलन गरी कोशी अस्पताल र प्रदेश प्रयोगशाला पठाइएको थियो।

‘नयाँ देखिएका संक्रमितहरु धेरैजसो पुराना संक्रमितका पारिवारिक कन्ट्र्याक्ट ट्रेसिङबाट परेका छन्,’ उनले भने।

हालसम्म विराटनगरमा ४ सय ६९ जनामा संक्रमण देखिएको छ भने ७६ जना डिस्चार्ज भइसकेको कुइकेलले जानकारी दिए।

विराटनगर महानगरपालिकाले दैनिक दुई सय जनासम्मको स्वाब संकलन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell