PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीमा बन्द हुँदा पनि सुन तस्करी जारी : साढे २३ लाख बराबरको सुनसहित एक जना पक्राउ



पहिलोपोस्ट

सीमा बन्द हुँदा पनि सुन तस्करी जारी : साढे २३ लाख बराबरको सुनसहित एक जना पक्राउ
फाइल फोटो।

विराटनगर : कोरोना कहरका कारण नेपाल-भारत बीचको अन्तर्राष्ट्रिय सिमाना सिल गरिए पनि सुन तस्करी अझै कायम रहेको पाइएको छ।

नेपालबाट भारततर्फ लैजान लागिएको साढे २३ लाख रुपैयाँ बराबरको सुन सशस्त्र प्रहरीले शनिवार बरामद गरेपछि सुन तस्करी यथावत् रहेको पत्ता लागेको हो। व्यवसायीहरूका अनुसार नेपालमा भन्दा भारतमा सुन प्रति तोला १५ सय रुपैयाँले महँगो छ।

सशस्त्र प्रहरी कार्यालय मोरङका सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार विराटनगरको दरैया बस्तीनेर रहेको अन्तर्राष्ट्रिय सिमानाबाट साइकलमा एक व्यक्ति भारततर्फ गइरहेका बेला सशस्त्रको गस्तीले उनलाई सुनसहित पक्राउ गरेको थियो।

विराटनगर वडा नम्बर १७ बस्ने श्यामल सेन गुप्ताको शरीर खानतलासी गर्दा २ सय ६७ ग्राम २ सय २० मिलिग्राम सुन फेला परेको हो। पक्राउ परेका गुप्ता भरिया मात्र हुनसक्ने सशस्त्रले अनुमान गरेको छ। निजबाट ५ हजार रुपैयाँ र एक थान मोबाइल सेट पनि बरामद गरिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार पक्राउ परेका गुप्तालाई सुनसहित विराटनगर भन्सारमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell