PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिमकी सांसद अम्बिका थापा सवारी दुर्घटनामा घाइते, थप उपचारका लागि काठमाडौं लगिँदै



पहिलोपोस्ट

सुदूरपश्चिमकी सांसद अम्बिका थापा सवारी दुर्घटनामा घाइते, थप उपचारका लागि काठमाडौं लगिँदै

कैलाली : सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापा सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बुद्ध चोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकलमा सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए।

उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।
काठमाडौंबाट एयर एम्बुलेन्स धनगढीका लागि उडिसकेको विष्टले बताए।

उनको टाउकोमा गहिरो चोट लागेको छ। प्रदेश सभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell