PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी



अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी
Photo : NYT

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका छन्।

चीन र अमेरिकाबीच कुटनीतिक विवाद बढ्दै गइरहेको बेला एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘ जहाँसम्म टिकटकको कुरा छ, हामी अमेरिकामा त्यसको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छौं।’

ट्रम्पले कहिलेबाट एपमाथि प्रतिबन्ध लगाउने भन्ने बारेमा भने केही बताएनन्।  

चिनियाँ कम्पनीद्वारा संचालनमा रहेको टिकटक एपले अमेरिकी नागरिकहरुको व्यक्तिगत विवरण संकलन गरिरहेको भन्दै अमेरिकी अधिकारीहरुले धेरैपटक चेतावनी दिँदै आएका थिए। टिकटकले अमेरिकी नागरिकहरुको विवरण चिनियाँ सरकारलाई दिने गरेको आरोप समेत लगाइएको छ। तर, टिकटकले भने उक्त आरोपको खण्डन गर्दै आइरहेको छ।

अमेरिकामा मात्रै करिब ८ करोड मानिसले टिकटक चलाउने गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell