PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते



पहिलोपोस्ट

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

सर्लाहीको बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ८०७४ नम्बरको मोटरसाइकलसँग नगरपालिका ६ मा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको छ। गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।

सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय आस महम्द, बा ३८ प ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुर बस्ने ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएको उनले बताए।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell