PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक



प्रकाश भण्डारी

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक
असार १५ गतेको मन्त्रिपरिषद् बैठक। फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बजेका लागि मन्त्रीपरिषद् बैठक डाकेका छन्।

ओलीले १२ बजे बालुवाटारमा मन्त्रिपरिषद् डाकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। तीन दिन अघिमात्र मन्त्रिपरिषदको बैठक बसेको थियो।

आजको मन्त्रिपरिषदको छलफलको विषयबारे भने थापाले केही खुलाएनन्।

'१२ बजे बैठक बोलाएको हो। आकस्मिक हो कि होइन। मलाई थाह भएन उनले भने। नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको माग चर्को गरी उठिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाएपछि अर्थपूर्ण रुपमा हेरिएको छ।

आज बिहानमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ओली पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। यसअघि बुधवार दिनभर गुट भेलामा जुटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell