PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!



पहिलोपोस्ट

भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्। चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए।

भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्। उनले त्यसविरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका हुन्। चिनियाँ भाइरस भन्दै चीनप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पले सामाजिक दुरी र लकडाउनको समेत विरोध गरेका थिए। त्यसको परिणाम अमेरिका कोरोना भाइरसकबाट सबैभन्दा बढी संक्रमित छ। कोरना भाइरसविरुद्ध सक्रिय हुनुको साटो चीनको आलोचनामा समय धेरै खर्चेको ट्रम्पमाथि आरोप छ।

गए रात उनले ट्विट गर्दै चीनसँग झन बढी आक्रोश बढेको जनाएका छन्। 'पेन्डामिकको फैलावट र त्यसको घीनलाग्दो रुप जब विश्वप्यापी भएको देख्छु जसले अमेरिकामा नराम्रो असर गरेको छ, म झन बढी चीनप्रति आक्रोशित हुन्छु। मानिसले यसलाई देखेका छन् र मैले अनुभूति गरेको छु,' ट्रम्पले ट्विटमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell