PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिमाथि उठ्यो प्रश्न,'कसले सरकारबाट हटाउन खोज्यो प्रमाण पेश गरियोस्'



कुञ्जरमणि भट्टराई

स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिमाथि उठ्यो प्रश्न,'कसले सरकारबाट हटाउन खोज्यो प्रमाण पेश गरियोस्'

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शिर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको 'आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो' भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम लगायतले प्रधानमन्त्री ओलीले आफूलाई कसले हटाउन खोजेको हो भन्ने स्पष्ट पार्नुपर्ने माग राखेको बैठकमा सहभागी एक नेताले बताए।

'सरकार ढाल्न दुतावास सक्रिय भएको हो? प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ। प्रधानमन्त्रीले  १४ गते दिएको अभिव्यक्तिबाट भारतले पहिले पनि मलाई प्रधानमन्त्रीबाट हटाएको र अहिले हटाउने चलखेल हुदैछ भन्ने तात्पर्यको थियो। प्रधानमन्त्रीले प्रमाण पेश गर्नुपर्छ।' नेताहरुले बैठकमा प्रश्न गरे।

आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए

प्रधानमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनी इतरका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्रीसँग जवाफ मागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell