PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गगनलाई अर्थमन्त्रीको जवाफ: १० अर्बको हिसाब दिन्छौं, सरकारले पारदर्शी भएर काम गरेको छ



पहिलोपोस्ट

गगनलाई अर्थमन्त्रीको जवाफ: १० अर्बको हिसाब दिन्छौं, सरकारले पारदर्शी भएर काम गरेको छ

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवाडाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्च सरकारले सार्वजनिक गर्ने बताएका छन्।

उनले प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नका जवाफ दिँदै कोरोना रोकथाम तथा नियन्त्रणमा भएको एक एक खर्च सरकारले सार्वजनिक गर्ने दावी गरे। 'सरकारले कोरोनामा भएको खर्च सार्वजनिक गर्छ। सरकार पारदर्शी भएर काम गरिरहेको छ। सरकार जवाफदेही छ,'उनले भने।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा १० अर्ब खर्च गरेको बताएको थियो।

संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले १० अर्बको एक एक हिसाब चाहिने बताएका थिए। उनले ५ वटा पिसीआर र २५ हजार आरडीटी किट किनेर १० अर्ब सकिएको भन्न नमिल्ने तर्क गरे।

थापाले अब कांग्रेसले सरकारलाई सहयोग गरेर मात्रै नबस्ने बरु प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने बताए। जसरी पनि सरकारलाई कांग्रेसले जवाफदेही उनको भनाई थियो।

संसदमा अर्थमन्त्री खतिवडाले सामाजिक सन्जालले कोरोना नियन्त्रणमा अफवाह फैलाएको आरोप लगाए। उनले स्वस्थ व्यक्ति कोरोना जित्न सक्ने भए पनि सामाजिक सन्जालले महामारी फैलाएको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell