PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे के होला?



पहिलोपोस्ट

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे के होला?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बस्ने समय भने यकिन नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनका अनुसार मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। आजको मन्त्रिपरिषद बैठकमा लकडाउनका विषयमा निर्णय हुने बताइए पनि थापाले भने नियमित बैठक भएकाले लकडाउनबारे निर्णय नहुने दावी गरे। 'नियमित बैठक हो। लकडाउनबारे निर्णय त नहोला,' उनले भने।

बुधवार प्रधानमन्त्रीले विज्ञहरुसँग लकडाउनको मोडालिटीबार छलफल गरेका थिए। विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

जेठ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो।

लामो समयसम्म लकडाउन हुँदा ब्यवसाय धरापमा परेको भन्दै ब्यवसायीले ब्यापार ब्यवसाय खोल्ने बताएका छन्। लकडाउन पटकपटक लम्ब्याए पनि सरकारले राहतको प्याकेज नल्याएको भन्दै लकडाउनबारे पुनर्विचार गर्न प्रधानमन्त्री माथि चर्को दबाब छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell