PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना रोकथाममा सरकारको खर्च करिब १० अर्ब, स्थानीय तहबाट भएको खर्च विवरण राख्नै बाँकी!



कोरोना रोकथाममा सरकारको खर्च करिब १० अर्ब, स्थानीय तहबाट भएको खर्च विवरण राख्नै बाँकी!

काठमाडौं : कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ।

कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन निर्माण, राहत वितरणमा हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकपछि बिडारीले अहिलेसम्म भएको खर्चको विवरण सार्वजनिक गरेका हुन्।

उनका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारबाट उक्त रकम खर्च भएको हो। जसमध्ये कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए।

अझै स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आइनसकेको उनको भनाइ छ। बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उनले बताए। जनजीवन सहज बनाउँदै लक डाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको हो।

बैठकमा तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell