PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमण रोकथाम पहिलो प्राथमिकता, बजेट नपुगे रकमान्तर गरेर खर्च गरौंला : अर्थमन्त्री खतिवडा



पहिलोपोस्ट

कोरोना संक्रमण रोकथाम पहिलो प्राथमिकता, बजेट नपुगे रकमान्तर गरेर खर्च गरौंला : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम नै सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले कोरोना रोकथामका लागि छुट्याएको बजेट नपुगे रकमान्तर गरेर खर्च गर्ने प्रतिबद्धता समेत जनाए।

‘कोरोना संक्रमण रोकथाम सरकारको पहिलो प्राथमिकता हो। मानव जीवन रक्षा सरकारको दायित्व हो। पुगेन बजेट भने हाम्रो कानुनी सीमामा रहेर मन्त्रालयको बजेटबाट रकमान्तर गर्ने स्थिति त कायमै रहन्छ,’ उनले भने।

मन्त्री खतिवडाले कोरोना नियन्त्रणको आकस्मिक खर्चका लागि मात्रै ६ अर्ब छुट्याएको दावी समेत गरे। सांसदहरुले कोरोना नियन्त्रणका लागि सरकारले प्राथमिकता नदिएको आरोप लगाएका थिए।

जवाफमा अर्थमन्त्रीले भने, ‘आकस्मिक खर्चका लागि मात्रै ६ अर्ब विनियोजन गरेको हो। त्यसबाहेक स्वास्थ्यको नियमित कार्यक्रम भित्रबाट उपकरण किन्ने, स्वास्थ्यकर्मीको व्यस्थापन गर्ने, पूर्वाधार निर्माणका लागि त अर्को शीर्षकमा छन्।’

उनले स्वास्थ्य सामग्री जगेडाका लागि ५ अर्ब निकासा गरिसकिएको र त्यसले केही समय भरथेग गर्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्यमा बजेटले फड्को मारेको समेत बताए। ३ वर्षमा तेब्बर हिसाबले स्वास्थ्यमा बजेट बढाइएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell