PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ट्रम्पले स्थगित गराए जी सेभेन सम्मेलन, चीनविरुद्ध जारी छ अभियान



पहिलोपोस्ट

ट्रम्पले स्थगित गराए जी सेभेन सम्मेलन, चीनविरुद्ध जारी छ अभियान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रुप अफ सेभेन (जी सेभेन) सम्मेलन स्थगित गर्ने भएका छन्। आगामी महिना आयोजना हुने तय भएको बैठकलाई सेप्टेम्बर वा त्यसभन्दा पछाडि लैजानुपर्ने उनले बताए। साथै अस्ट्रेलिया, रसिया, दक्षिण कोरीया र भारतलाई पनि आमन्त्रितका रुपमा बैठकमा सहभागी गराउनुपर्ने उनको तर्क छ।

फ्लोरिडाबाट फर्कनेक्रममा अब्रोड एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले जी सेभेनलाई आउट डेटेड मुलुकहरुको समूह भन्दै आलोचना गरे। 'म यसलाई स्थगित गर्छु। विश्वमा के भइरहको छ भन्ने जी सेभेनले प्रतिनिधित्व गर्छ भन्ने मलाई लाग्दैन,' उनले भने।

ट्रम्पले जी सेभेनमा थप मुलुक समावेश गर्न खोजेका हुन् या सहभागीमात्र बढाउन चाहेका भन्ने अझै खुलेको छैन। उनले यसअघि पनि जी सेभेनमा रसियाको भूमिका हुनुपर्ने बताउँदै आएका छन्।

ह्वाइट हाउसका अनुसार ट्रम्प यो सम्मेलनमा चीनमाथि छलफल गराउन चाहन्छन्। कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले चीनविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्। हिजैमात्र उनले हङ्कङका नागरिकले पाउने विशेषअधिकार खारेज गरेका थिए।

विश्वका शक्तिशाली र औद्योगिक हिसाबले सम्पन्न मुलुकहरुको संगठन जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, इटाली, क्यानडा रहेका छन्। युरोपेली संघ पनि यसमा जोडिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell