PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चालु आर्थिक वर्षभन्दा कम आकारमा बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड



पहिलोपोस्ट

चालु आर्थिक वर्षभन्दा कम आकारमा बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड

काठमाडौं : सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। यो गत वर्षभन्दा कम आकारको बजेट हो। चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख छ।

आगामी वर्ष कूल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने छ। साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell