PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनासँग भिड्न तत्काल ६ अर्ब : स्वास्थ्य केन्द्रित बजेटको सुरुवात



पहिलोपोस्ट

कोरोनासँग भिड्न तत्काल ६ अर्ब : स्वास्थ्य केन्द्रित बजेटको सुरुवात

काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षको बजेट स्वास्थ्य क्षेत्रको प्राथमिकता केन्द्रित हुने गरी प्रस्तुत गरेका छन्। उनले कोरोना भाइरसको संक्रमण रोकथामका विषयलाई प्राथमिकता दिँदै बजेट भाषण सुरु गरेका हुन्।

कोरोनाको रोकथामलाई उच्च प्राथमिकता दिँदै यसका लागि ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको जानकारी दिए। उनले विभिन्न अस्पतालका लागि कोरोनाविरुद्ध लड्नका लागि बजेट बिनियोजन गरिनेसमेत बताएका छन्।

कोरोना संक्रमण रोकथाम र स्वास्थ्य सुधार कार्यक्रम

सरकारले आगामी वर्ष काठमाडौंमा तीन सय सैय्याको सरुवा रोग अस्पता निर्माण गर्ने घोषणा गरेको छ। सरकारको वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्। त्यस्तै हरेक प्रदेशमा ५० सैय्याको सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको उनले घोषणा गरे।

उनले त्यसका लागि १२ अर्ब ४६ करोड बजेट छुट्याएको जानकारी दिए।

त्यस्तै केन्द्रीय प्रयोगशालाको स्तरोन्नती र हरेक प्रदेशमा प्रयोगशाला निर्माणका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए। त्यस्तै नेपाल प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य डेस्क स्थापना गर्न बजेट विनियोजन गरेको जानकारी दिए।

हरेक स्थानीय तहमा ५ देखि १५ सैय्याको अस्पताल निर्माण गर्न योजना अनुरुप आगामी आर्थिक वर्षमा २७२ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड विनियोजन गरिएको उनले जानकारी दिए। त्यस्तै आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाई बीमा कार्यक्रममा सहभागि गराउनका लागि सात अर्ब ५० करोड विनियोजन गरिएको छ।

संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री (लाइभ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell