PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डोनाल्ड ट्रम्प भन्छन्,'कोरोना संक्रमणबाट बच्न हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिरहेको छु'



डोनाल्ड ट्रम्प भन्छन्,'कोरोना संक्रमणबाट बच्न हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिरहेको छु'
PHOTO : THE GUARDIAN

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिरहेको बताएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट बच्न आफूले हाइड्रोक्सिक्लोरोक्वीनको सेवन गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

'मैले यो औषधी लिइरहेको एक हप्ताभन्दा बढी भइसक्यो। म दैनिक रुपमा यो औषधी लिइरहेको छु। ' उनले भने।

कोरोनाको संक्रमणबाट बच्न मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्ने घोषणा ट्रम्पले पहिलेले नै गरेका थिए। ट्रम्पले संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग हुन सक्ने बताएसँगै भाइरस प्रभावित देशहरुमा यसको प्रयोग बारेमा अनुसन्धान समेत भइरहेको छ। यद्यपि, हालसम्म उक्त भाइरसको प्रयोगबाट कोरोना भाइरसको अन्त्य हुने कुनै वैज्ञानिक आधार भेटिएको छैन। विश्व स्वास्थ्य संगठनले समेत उक्त ड्रगको प्रयोगलाई प्रमाणित गरको छैन। 

कोरोना भाइरस संक्रमितमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न हुने वा नहुने भन्ने बारेमा बहस भइरहेको अवस्थामा आफूले संक्रमणबाट बच्न सोही औषधी प्रयोग गरिरहेको बताएका हुन्। ट्रम्पले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा बसेर काम गरिरहेका व्यक्तिहरुले समेत हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिरहेको दाबी गरे।

'मलाई हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगबाट राम्रो परिणाम आएको भन्दै सूचनाहरु आएका छन्। यसबारेमा मैले धेरै राम्रो कथाहरु सुनेको छु।' ट्रम्पले भने।

ह्वाइट हाउसकै कर्माचारीहरुमा कोरोनाको संक्रमण देखिएसँगै ट्रम्पले पनि कोरोना परीक्षण गराएका थिए। दुई पटकसम्म भएको उनको परीक्षण रिपोर्टमा कोभिड १९ नेगेटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell