PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना भाइरसविरुद्ध ट्रम्पका निर्णयहरुको आलोचना गर्दै बाराक ओबामा



पहिलोपोस्ट

कोरोना भाइरसविरुद्ध ट्रम्पका निर्णयहरुको आलोचना गर्दै बाराक ओबामा

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व र उनले गरेका कामहरुलाई लिएर आलोचना गरेका छन्। एक कन्फ्रेन्स कलमार्फत् ट्रम्पले गरेका निर्णयहरुलाई 'पूर्ण अराजक प्रकोप' भनेर टिप्पणी गरेका हुन्।

पूर्वकर्मचारीहरुसँग वेबकलमार्फत् छलफल गर्ने क्रममा उनले उक्त भनाइ राखेका हुन्। ओबामाले फोनमार्फत् आगामी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिद्वन्द्वी रहेका पूर्व उपराष्ट्रपति जोय बिडेनको पक्षमा कुराकानी गर्दै थिए।

बीबीसीले जनाए अनुसार उनको अभिव्यक्तिको जवाफमा ह्वाइट हाउसले भन्यो – 'राष्ट्रपति ट्रम्पको अभूतपूर्व कदमले अमेरिकीहरुको ज्यान बचाएको छ।'

आगामी चुनावका लागि दुवै पक्ष डिजिटल क्याम्पेनिङमा सक्रिय छ। त्यसै सिलसिलामा ओबामाले कर्मचारीहरुसँग भने,'हामी स्वार्थी हुनुको, पछाडि पर्नुको र विभाजित हुनुकोविरुद्ध लड्दैछौं। मुख्यत: हामीले एकअर्कालाई दुश्मनको रुपमा हेर्नु भएन। यी कुराहरु अमेरिकी नागरिकको जीवनमा आवेग सिर्जना गरेको छ।'

आम मानिस भने कोरोना भाइरस संक्रमण साथसाथै लकडाउनको मारमा छन्। अमेरिकामा विश्वकै सर्वाधिक कोरोना संक्रमितको मृत्यु भएको छ। १२ लाख मानिसमा संक्रमण पुष्टि हुँदा ७७ हजारभन्दा बढीले ज्यान गुमाएका हुन्।

फेब्रुअरीमा ट्रम्पले 'अदृश्य शत्रु कोरोना' केही समयमै हराउने बताएका थिए। तर, त्यहाँका राज्यहरुले मार्चदेखि लकडाउन लागू गर्नु पर्‍यो। लकडाउन पनि लामो समय कडाइका साथ पालन हुन सकेन। केही सातामा खुकुलो पार्दै गए। मानिसहरु काममा फर्किए। तर जनस्वास्थ्य विज्ञहरुले भने लकडाउन खुकुलो पार्नाले निम्तने अवस्थाबारे चेतावनी दिइरहेका छन्।

जोखिमबीच कोरोना भाइरसविरुद्धको लडाईंका लागि गठन गरिएको 'कोरोना टास्क फोर्स' खारेज गर्ने बताएका थिए। उक्त निर्णय २४ घण्टा पनि नवित्दै ट्रम्प स्वयंले फिर्ता लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell