PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ह्वाइट हाउसमा एकपछि अर्को कोरोना ‘केस', उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार संक्रमित



पहिलोपोस्ट

ह्वाइट हाउसमा एकपछि अर्को कोरोना ‘केस', उपराष्ट्रपति माइक पेन्सकी प्रेस सल्लाहकार संक्रमित
Getty Images

अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी ‍प्रेस सल्लाहकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सल्लाहकार क्याटी मिलरमा संक्रमण पुष्टि भएको हो।

ह्वाइट हाउसमा संक्रमणको यो दोस्रो ‘केस’ हो। यसअघि त्यहीँ कार्यरत एक अमेरिकी सेनामा संक्रमण देखिएको थियो। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट रहेर काम गर्ने सहयोगी थिए। 

पहिलो संक्रमण देखिएयता ह्वाइट हाउसमा दैनिक कोरोना परीक्षण भइरहेको छ। यसअघि सातामा एकपटक मात्रै परीक्षण हुन्थ्यो।

यस विषयमा ट्रम्पले भनेका छन्,’क्याटी निकै असल महिला थिइन्। यसअघिका उनको परिक्षण नतिजा नेगेटिभ आइरहेको थियो। आज एक्कासी उनीमा संक्रमण देखियो।‘

बीबीसीले जनाए अनुसार एकपछि अर्को संक्रमणका केस देखिएपछि ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्न सबै उपाय अपनाउने बताएको छ।

अमेरिकामा हालसम्म ७६ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ। राष्ट्रपति ट्रम्प भने लकडाउन खोल्न पहल गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell