PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण नेगेटिभ



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको कोरोना भाइरस परीक्षण गर्दा नेगेटिभ परिणाम आएको छ। ह्वाइट हाउसमा कार्यरत अमेरिकी सैनिकमा कोरोना संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति लगायत त्यहाँ कार्यरत सबैको परीक्षण गरिएको थियो।

टेक्ससका गभर्नरसँग ओभल अफिसमा भेटपछि ट्रम्पले पत्रकारहरुसँग थोरै मानिसहरुसँग मात्र सम्पर्कमा रहेको बताउँदै दैनिक परीक्षण जारी रहने बताएका थिए। भेटमा ट्रम्प र पेन्स दुवैले मास्क लगाएका थिएनन्। ह्वाइट हाउसमा कार्यरतहरुको दैनिक परीक्षण जारी छ।

'तपाईँले के गर्नुहुन्छ त्यसले अर्थ राख्दैन, परीक्षण कुनै परिपक्क कला होइन। त्यसैले हामी सातामा एक पटक परीक्षण गर्‍यौं। अब हामी दैनिक एकपटक परीक्षण गर्छौं,' ट्रम्पले भने।

ह्वाइट हाउसका प्रवक्ताले यसअघि नै ट्रम्प र पेन्स दुवैको परीक्षण नेगेटिभ देखिएको बताइसकेका थिए।

'ह्वाइट हाउसको मेडिकल युनिटले यहाँ कार्यरत अमेरिकी सैनिकमा कोरोना संक्रमण देखिएको बताएको छ। त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको परीक्षण गर्दा भाइरस नेगेटिभ देखिएको र उनीहरुको अवस्था तगडा देखिएको छ,' ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। तर, त्यहाँ कार्यरत सैनिकको परिचय भने खुलाइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell