PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनतर्फ डोनाल्ड ट्रम्पको आरोप श्रृङ्खला, भने : कोरोना सबैभन्दा खराब प्रहार



पहिलोपोस्ट

चीनतर्फ डोनाल्ड ट्रम्पको आरोप श्रृङ्खला, भने : कोरोना सबैभन्दा खराब प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनलाई आरोप लगाउने क्रम जारी छ। यो पटक उनले चीनतर्फ औंला सोझ्याउँदै भने,'कोरोना भाइरस महामारी सबैभन्दा खराब प्रहार हो।'

अमेरिकामा यस भाइरसको संक्रमण दोस्रो विश्वयुद्धमा जापानले पर्ल हार्बरमा गरेको बम विस्फोटभन्दा खतरनाक भएको ट्रम्पको दावी छ। ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले भने,'यो भाइरस संक्रमण तत्काल रोकिनु पर्थ्यो। स्रोतमै। चीनमै रोकिनु पर्थ्यो।'

ट्रम्पले यसअघि पनि चीनमाथि कोरोना भाइरस फैलाएको आरोपमा व्यङ्ग्य र प्रश्न गर्दै आएका छन्।

चीनको वुहानबाट फैलन सुरु भएको यस भाइरसले हालसम्म १२ लाख २८ हजार १ सय ७७ मानिसलाई संक्रमित बनाएको छ भने ७३ हजार २ सय ७ मानिस यसैको संक्रमणका कारण मरिसकेका छन्।

बेइजिङले भने अमेरिका कोरोना भाइरस संक्रमणको नियन्त्रण र रोकथामबाट आफ्नै ध्यान विचलित गरिरहेको बताएको छ।

ट्रम्प भने पटकपटक 'अदृश्य शत्रु' भन्दै चीनविरुद्ध धारणा व्यक्त गर्दै आएका छन्।

बीबीसीले जनाए अनुसार ट्रम्पका प्रेस सल्लाहकारले पनि पत्रकारहरुलाई भने,'हालका लागि यो निराशा र तनावपूर्ण सम्बन्ध बनेको छ। राष्ट्रपतिले भनेझै चीनले अमेरिकी नागरिकको जिन्दगीलाई जोखिममा राखिदिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell