PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, लकडाउनबारे निर्णय हुने



पहिलोपोस्ट

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, लकडाउनबारे निर्णय हुने

काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एक घण्टा ढिला सुरु भएको बैठकमा लकडाउनको मिति थप्नेबारे छलफल भइरहेको छ। यसअघि २ बजे बोलाइएको बैठक तयारी नपुगेको भन्दै ५ बजेलाई सारिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने लगायत अन्य निर्णय लिने बताए।

उच्चस्तरीय समितिले मन्त्रिपरिषदलाई एक साता लकडाउन बढाउन सिफारिस गरेको छ। साथै अबको लकडाउनको मोडालिटी पनि पठाएको छ।

समितिको मोडालिटीअनुसार मन्त्रिपरिषदले लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने निर्णय लिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell