PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पार्टीभित्र अनेकौं समस्या छन्, प्रधानमन्त्रीलाई बैठक बोलाउनुस् भनेको हुँ : उपाध्यक्ष गौतम



पहिलोपोस्ट

पार्टीभित्र अनेकौं समस्या छन्, प्रधानमन्त्रीलाई बैठक बोलाउनुस् भनेको हुँ : उपाध्यक्ष गौतम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज भए पनि पार्टीभित्र अनेको समस्या रहेकाले पार्टीको बैठक आवश्यक रहेको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले शनिवार आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी र सरकारबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भए पनि यसबारे मनमौजी टिका टिप्पणी गरिएको आरोप पनि लगाएका छन्।

उनले समय र परिस्थति प्रतिकुल जारी अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौ समस्या रहेकाले सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउन अध्यक्ष ओलीलाई सुझाव दिएको बताएका छन्।

‘सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,' उनले भनेका छन्।

गौतमले प्रधानमन्त्रीको राजीनामा मागेको खबरको खण्डन समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell