PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मिडियाविरुद्ध ट्रम्पको आरोप : अमेरिकी नागरिकले झुटा सूचना मात्र पाइरहेका छन्, स्थगित गरे दैनिक पत्रकार सम्मेलन



पहिलोपोस्ट

मिडियाविरुद्ध ट्रम्पको आरोप : अमेरिकी नागरिकले झुटा सूचना मात्र पाइरहेका छन्, स्थगित गरे दैनिक पत्रकार सम्मेलन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरसको विषयमाथि हुने पत्रकार सम्मेलन स्थगित गरेका छन्। उनले पत्रकारले आफूसँग आवश्यक प्रश्न नसोधेको र भाइरसका विषयमा मिथ्या सूचना मात्र प्रकाशन एवं प्रसारण गरेको आरोपमा दैनिक सम्मेलन स्थगित गरेका हुन्।

ट्रम्पले ट्वीट लेख्दै आगामी पत्रकार सम्मेलन नहुने जानकारी दिएका हुन्। ट्वीटमा उनले लेखेका छन् – त्यस्तो पत्रकार सम्मेलनको के अर्थ जहाँ 'लेमस्ट्रिम' मिडियाका पत्रकार पूर्वाग्रही प्रश्न मात्र सोध्छन्। उनीहरु सत्य प्रवाह गर्दैनन्। अन्त्यमा अमिरिकी नागरिकले मिथ्या जानकारी मात्र पाउँछन्।

शुक्रबारको ब्रिफिङमा उनले अस्वभाविक व्यवहार देखाएका थिए। २२ मिनेटसम्म कुनै प्रश्नको जवाफ दिएनन् र निस्किए।

ब्रिफिङको समयमा उनले कोभिड-१९ बाट बच्नका लागि भन्दै दिएको आधारहीन र प्रमाणित नभएका सल्लाह दिँदै आएका थिए। उनले मलेरियाको औषधी खाने सल्लाह दिएपछि निकै आलोचना खेप्नु परेको थियो। साथै उनको विशेषज्ञ समूहले स्पष्टिकरण दिनु परेको थियो।

दुई साता अघि त सीबीएसकी पत्रकार पाउला रीडसँग उनको वादविवाद नै भयो। पाउलाले सोधेकी थिइन्,'गत फेब्रुअरीदेखि कोरोना भाइरस रोक्न के गर्नुभयो?' ट्रम्पले उक्त प्रश्नको जवाफ दिनै चाहेनन्। पटक पटक उनको प्रश्नको जवाफ दिन अस्वीकार गरेपछि उनले रीडलाई नै प्रतिप्रश्न गरे। भने, 'तपाईंलाई आफू झुटो भएको त थाहा छ नि? तपाईंका समाचारहरु फर्जी हुन्छन् भन्ने थाहा छ नि?'

यसरी उनी सम्मेलनमै पत्रकारहरु प्रति आक्रोश व्यक्त गर्थे।

सम्मेलनमा ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले प्रेस ब्रिफिङमार्फत् कोरोना भाइरस संक्रमण, त्यसको प्रभाव, मृत्युदर आदिबारे जानकारी दिँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell