PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्पलाई किमले पत्र नलेखेको उत्तर कोरियाको दाबी, व्यक्तिगत स्वार्थका लागि हल्ला फैलाएको आरोप



ट्रम्पलाई किमले पत्र नलेखेको उत्तर कोरियाको दाबी, व्यक्तिगत स्वार्थका लागि हल्ला फैलाएको आरोप

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कुनै पनि पत्राचार नगरेको दाबी गरेका छन्। उत्तर कोरियाको विदेश मन्त्रालयले 'सर्वोच्च नेता' किम जोङ उनको तर्फबाट राष्ट्रपति ट्रम्पलाई कुनै पनि पत्र नलेखिएको स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिवार मात्र उत्तर कोरियाली नेता किमले आफूलाई पत्र पठाएको घोषणा गरेका थिए। उत्तर कोरियाको यो स्पष्टिकरणसँगै राष्ट्रपति ट्रम्प माथि झुट बोलेको आरोप लगाएको छ।

ट्रम्पले घोषणा गरेको एक दिन नबित्दै उत्तर कोरियाले यसको खण्डन गरेको योन्हापले जनाएको छ।

'उनले व्यक्तिगत रुपमा धेरै पहिले पठाइएको पत्रको कुरा गरेका हुन सक्छन्। हामीलाई यस विषयमा जानकारी छैन। तर हालै अमेरिकी राष्ट्रपतिलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेताको तर्फबाट कुनै पनि पत्र लेखिएको छैन,' उत्तर कोरियाको विदेशमन्त्रालयको परराष्ट्र सञ्चार विभागले जनाएको छ, 'हामीले यस विषयमा अध्ययन गरिरहेका छौं। की अमेरिकी नेतृत्वबाट भित्री रुपमा मिडियामा कुनै स्वार्थ प्रवेश गराउन खोजेको त हैन्।'

उत्तर कोरियाका अधिकारीले वक्तव्य मार्फत दुई नेताबीचको सम्बन्धलाई व्यक्तिगत स्वार्थको लागि प्रयोग नगर्न समेत चेतावनी दिएका छन्। विषयलाई मोड्नका पत्रको कुरा बाहिर ल्याइएको हुन सक्ने बताएका छन्।

यता दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयका अधिकारी चेयोङ वा दाइले राष्ट्रपति मुन जाइ इनसँगको टेलिफोन वार्ताका क्रममा पनि उत्तर कोरियाली नेताको पत्रको बारेमा कुरा गरेको जानकारी गराएका छन्।

यता ट्रम्पले किमबाट पत्रको अपेक्षा गरिरहेको हुन सक्ने र यस्तो कुरा जानकारी गराएको हुन सक्ने बताइएको छ। ट्रम्पले गत महिना मात्र किमलाई पत्र लेख्दै कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेका थिए।

त्यतिवेला किम की बहिनी किम यो जोङले ट्रम्पको पत्रका बारेमा जानकारी बाहिर ल्याएकी थिइन्। उनले त्यतिवेला दुई नेताबीचको सम्बन्ध राम्रो रहेको भन्दै त्यो सम्बन्धलाई दुई देशको सम्बन्ध अगाडि बढाउन प्रयोग गर्नुपर्ने बताएकी थिइन्।

उनले दुई नेताबीचको सम्बन्ध दुई देशबीचको नहुने संकेत गरेकी थिइन्।

जनवरीमा ट्रम्पले किमलाई पत्र लेख्दै जन्म दिनको शुभकामना दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell