PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखियो



पहिलोपोस्ट

ह्वाइट हाउसका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखियो
PHOTO : Yuri Gripas/Bloomberg/Getty Images

काठमाडौं : अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। ह्वाइट हाउसस्थित उपराष्ट्रपति माइक पेन्सको कार्यालयमा काम गर्ने ती कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको सीएनबीसी न्यूजले जनाएको छ।

कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसभित्र उच्च सतर्कता अपनाइएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ। यद्यपि ती कर्मचारीसँग पछिल्लो केही दिनयता राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति पेन्स सम्पर्कमा थिएनन्।

उपराष्ट्रपति पेन्सका प्रेस सचिव केटी मिल्लरले एक कर्मचारीलाई कोरोना पोजेटिभ पाइएको र उनीसँग सम्पर्कमा आएका ‍व्यक्तिलाई स्वास्थ्य विभागको गाइडलाइन्सअनुसार पत्ता लगाउने काम भइरहेको बताइन्।

यो घटनापछि ह्वाइट हाउसमा जाँचमा कडाई गरिएको छ। राष्ट्रपतिको चिकित्सक टिम र खुफिया एजेन्सीका सदस्यले जाँचसहित निगरानीमा ह्‍वाइट हाउस प्रवेश गराउन थालेका छन्।

५० वटै राज्यमा कोरोना देखिएको अमेरिकामा हालसम्म २ सय १० जनाको मृत्यु भएको छ भने १७ हजार मानिस संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell