PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डिस्चार्ज हुँदै ओली, रिसिभ गर्न अस्पताल पुगे मन्त्रीहरु

डिस्चार्ज हुँदै ओली, रिसिभ गर्न अस्पताल पुगे मन्त्रीहरु

प्रकाश भण्डारी/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौलापछि शुक्रवार डिस्चार्ज हुने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।

शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।

प्रधानमन्त्री ओली डिस्चार्ज हुने भएपछि सरकारका मन्त्रीहरु, नेकपाका नेताहरु अस्पताल आइपुगेका छन्। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यमन्त्री शंकर पोखरेल नेकपाका नेताहरु सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठ यतिबेला अस्पताल आइपुगेका छन्।

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शल्यक्रिया भएको १०औं दिन ओली डिस्चार्ज हुन लागेका हुन्।

सधैं झै औपचारिक प्रेस विज्ञप्ति निकाल्दै अस्पतालले ओलीको अवस्था राम्रो भएको जनाएको छ। 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ,' खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओलीको फागुन २१ शल्यक्रिया गरिएको थियो। उनलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्। उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell