PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्डलाई जुत्ता हान्ने युवक तिरुवालाई सात दिन हिरासत



पहिलोपोस्ट

प्रचण्डलाई जुत्ता हान्ने युवक तिरुवालाई सात दिन हिरासत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवा थप सात दिन हिरासतमा बस्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिरुवालाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने पहिलो पटक समय दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले तिरुवाबिरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेको थयो। त्यस्तै घटनाको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्‍य छानविन टोली गठन गरिएको हो।

प्रहरीले आइतवार जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तिरुवा पहिलेदेखि नै कार्यक्रममा पुगेका थिए। तिरुवाले प्रचण्डको भाषण चित्न बुझेको भन्दै जुत्ता प्रहार गरेको प्रहरीमा मौखिक बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell