PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डलाई जुत्ता प्रहार प्रकरणमा अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति



पहिलोपोस्ट

प्रचण्डलाई जुत्ता प्रहार प्रकरणमा अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार प्रकरणको अनुसन्धान गर्न छानविन समिति गठन भएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्‍य छानविन टोली गठन गरिएको हो।

प्रहरीले आइतवार जुत्ता प्रहार गर्ने जुम्लाका २४ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तिरुवा पहिलेदेखि नै कार्यक्रममा पुगेका थिए। तिरुवाले प्रचण्डको भाषण चित्न बुझेको भन्दै जुत्ता प्रहार गरेको प्रहरीमा मौखिक बयान दिएका छन्।

उनले  आफ्ना बुबा सशस्त्र द्वन्द्वको समय ज्यान गुमाएका व्यक्ति भएको दावी गरेका छन्। तर नेपाल कम्युनिष्ट पार्टी जुम्लाका अध्यक्षले  भने आइतवार नै विज्ञप्ती जारी गर्दै शहिदको परिवारका सदस्य नभएको जानकारी गराएका छन्।

प्रचण्डले आफ्नो अभिव्यक्ति सकिनासाथ उनीमाथि लक्षित जुत्ता प्रहार गरिएको थियो। यद्यपि उनलाई जुत्ताले लागेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell