PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : पक्राउपछि तिरुवाको बेहोसीको नाटक!



पहिलोपोस्ट

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : पक्राउपछि तिरुवाको बेहोसीको नाटक!
फोटो : विष्णु क्षेत्री

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।

उनको परिचयसमेत खुलेको छ। जुम्लाका २४ वर्षीय रतन तिरुवा भएको प्रहरीले जानकारी दिएको छ। हाल उनी डल्लुमा बस्दै आएको खुलेको छ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो। तिरुवा पहिलेदेखि नै कार्यक्रममा पुगेका थिए। प्रहरीले पक्राउ गरेपछि रतनले बेहोस भएको नाटक गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पटक पटक सोधेपनि उनीले मुख खोलेका छैनन्।' पहिले बेहोस भएको नाटक गर्‍यो। अहिले केही बोलेकै छैन,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र राठौरले जानकारी दिए।

उनका बुबा सशस्त्र द्वन्द्वको समय ज्यान गुमाएका व्यक्ति हुन्। प्रचण्डले आफ्नो अभिव्यक्ति सकिनसाथ उनीमाथि लक्षित जुत्ता प्रहार गरिएको थियो। यद्यपि उनलाई जुत्ताले लागेन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell