PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अपडेट : आगलागीपछि बन्द विमानस्थल खुल्यो, सिंगापुरबाट आउँदै गरेको जहाज भने कलकत्ता डाइभर्ट



अपडेट : आगलागीपछि बन्द विमानस्थल खुल्यो, सिंगापुरबाट आउँदै गरेको जहाज भने कलकत्ता डाइभर्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि बन्द गरिएको विमानस्थल खुलेको छ।

आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गरिएको थियो।

स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युट सर्ट भएपछि सोमवार साँझ आगलागी भएको हो।

विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठ्माडौ आउँदै गरेको सिल्क एयरको जहाज कोल्कता डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार नयाँ दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगम, मलेसियाबाट आउँदै गरेको मालिन्दो एअर र चीनको गोन्जाओबाट आउँदै गरेको चाइन सउदर्नको जहाज केही बेर होल्डमा राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell