PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जापानी दूतावासबाहिर कोरियाली वृद्धले गरे आत्मदाह



जापानी दूतावासबाहिर कोरियाली वृद्धले गरे आत्मदाह
फोटो: योनहाप

सोल: दक्षिण कोरियाको राजधानी सोलस्थित जापानी दूतावास अगाडि एक कोरियाली वृद्धले आत्महत्या गरेका छन्।

जापानसँग व्यापार तथा कूटनीतिक विवाद चर्किरहेका बेला करिब ७० बर्से कोरियालीले आत्मदाह गरेका हुन्।

कोरियाली प्रहरीले जापानी दूतावास अघिल्तिर रोकेर राखिएको एउटा कारमा आगो लागेको र ती कोरियालीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि भेटिएको बताएको छ। त्यहाँको स्थानीय सञ्चारमाध्यमले आत्मदाह गरेका कोरियालीका ससुरालाई जापान युद्धताका जापानीहरुले जबर्जस्ती दास बनाएको उल्लेख गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell