PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरान अमेरिका तनाव: ट्रम्पद्वारा इरानी ड्रोन खसालेको दाबी



इरान अमेरिका तनाव: ट्रम्पद्वारा इरानी ड्रोन खसालेको दाबी
फोटो: AFP / GETTY IMAGES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुजमा इरानको एक ड्रोनलाई खसालेको बताएका छन्।

जल सेनाको पानीजहाजभन्दा एक हजार यार्ड नजिक आएकाले ड्रोनमाथि आक्रमण गरिएको बताइएको छ।

इरानले भने उक्त ड्रोनबारे आफूहरुलाई केही थाहा नभएको दाबी गरेको छ।

गत जुनमा इरानले आफ्नो आकाशमा बिना इजाजत प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनमाथि आक्रमण गरेको थियो।

अमेरिकाले मे महिना यता इरानले मध्यपूर्वी क्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाजहरुमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै आएको छ। तर, इरानले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell