PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनगढी विस्फोट अपडेटः आफैंले बोकेको 'बम विस्फोट'मा मृत्यु भयो राम सिंहको, को हुन् उनी?



एम बम

धनगढी विस्फोट अपडेटः आफैंले बोकेको 'बम विस्फोट'मा मृत्यु भयो राम सिंहको, को हुन् उनी?

कैलालीः कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ पौने सात बजेटतिर विस्फोट भयो। सुरुमा सिलिन्डर विस्फोट भएको सबैतिर हल्ला फैलियो। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उक्त होटेलमा प्रहरीले अुसन्धान गर्दै जाँदा घटनास्थलमा पेस्तोल भेटियो। सिलिन्डर यथावत् रहेको पाइयो।

विस्फोट पाँच जना गम्भीर घाइते भएका थिए। घाइते हुनेमा बझाङ घर भएका रामसिंह धामीको धनगढीकै मायामेट्रो अस्पतालमा उपचारका क्रममा राति ११ बजेर १५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। 

अन्य घाइतेमा सिंहसँगै आएका लक्ष्मण सेरला, होटेल सञ्चालक केशवराज पाण्डे, स्थानीय जीतेन्द्र यादव र मोविन खानको मायामेट्रो अस्पतालमै उपचार भइरहेको छ।

डीएसपी बस्नेतका अनुसार सिंह आफैंले बोकेको टिफिनको बट्टाभित्र राखिएको 'हाई स्क्लुसिब' पड्किएको हो। बट्टाभित्र विस्फोटक पदार्थसहित आवश्यक सामाग्री राखिसके पनि पूर्ण फिट नगरिएकाले कम क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनले झोलाभित्र टिफिनमा उक्त वस्तु राखेको र होटलमा बसेका बेला पछाडिबाट च्यापिएर पड्किएको हुनसक्ने बस्नेतको भनाई छ।

विस्फोटपछि सिंहको शरीरको पछाडिको भाग पुरै क्षतविच्छेद भएको थियो।

घटनास्थलबाट से ७ प ३१४४ नम्बरको मोटरसाइकल र एउटा ९ एमएमको चाइनिज पेस्तोल पनि बरामद भएको छ। सोही मोटरसाइकलमा उनीहरू आएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

घाइते सेरला पूर्ण रूपमा कुराकानी गर्न सक्ने अवस्थामा नरहेकाले सबै विवरण भने प्राप्त भई नसकेको बस्नेतले बताए।

सिंह र सेरलाका परिवारलाई बुझ्दा घरमा आफूहरू नेपालगन्जमा रहेको र शुक्रबार बिहानै काठमाडौँ जान्छु भनेर भनेको कुरा खुल्न आएको बस्नेतको भनाई छ।

उनीहरू विप्लव नेतृत्वको नेकपाका कञ्चनपुर हेर्ने कार्यकर्ता हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सिंहको पृष्ठभूमि लगायतबारे सूचना संकलन भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell