PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनगढीमा विस्फोट: ५ जना गम्भीर घाइते, घटनास्थलमा भेटियो पेस्तोल



एम बम

धनगढीमा विस्फोट: ५ जना गम्भीर घाइते, घटनास्थलमा भेटियो पेस्तोल

कैलाली: धनगढीको शहीदगेट नजिक विस्फोट भएको छ। विस्फोटमा परी ५ जना घाइते भएका छन्। धनगढीको शहीद गेट नजिकै रहेको निलम होटेलमा विस्फोट भएको हो। शुरुमा सिलिण्डर विस्फोट भएको जनाइएको थियो। 


तर घटनास्थलको प्रकृति हेर्दा फरक देखिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। घटनास्थलमा पेस्तोल भेटिएकाले सिलिण्डर नभएर अन्य वस्तु नै पड्किएको हुन सक्ने उनले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतको टोली खटिएको छ। 


घटनामा ५ जना घाइते भएका र उनीहरुको घटनास्थल नजिकै रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको बस्नेतले बताए। ५ जनाकै अवस्था गम्भीर रहेको उनले बताए। 


साँझ पौने ७ बजेतिर विस्फोट भएको थियो। घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको र के विस्फोट भएको हो त्यसको भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell