PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भक्तपुर जिल्ला फुटबल संघले लिग नगरेको र अनियमितता गरेको ८ क्लबको आरोप



पहिलोपोस्ट

भक्तपुर जिल्ला फुटबल संघले लिग नगरेको र अनियमितता गरेको ८ क्लबको आरोप

काठमाडौं : भक्तपुर जिल्लामा रहेका विभिन्न ८ क्लबले भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिग गर्न नसकेको, अनियमितता गरेको र जिल्लामा सक्रिय रुपमा रहेको क्लबहरुलाई नै वेवास्ता गरेको आरोप लगाएको छ।

बिहीवार भक्तपुर जिल्लाका ८ क्लबका पदाधिकारीहरुले संयुक्त रुपमा पत्रका सम्मेलन गर्दै जिल्लामा कायम क्लबलाई जिल्ला लिगको लागि स्थान नदिएको तर जिल्ला प्रशासन र जिल्ला खेलकुद विकास समितिमा दर्ता नै नभएको क्लबलाई जिल्ला लिग खेलाउन लागेको आरोप लगाएको हो।

'हामी जिल्लामा सक्रिए क्लबहरुलाई नै वेवास्ता गर्दै जिल्ला लिगका लागि नाम नै नसुनेको ६ वटा क्लबको नाम दर्ता भएको छ। तर हाम्रो नाम दर्ता भएको छैन।' भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले भने। उनले जिल्लामा लिग सञ्चालन हुने भएपछि आफूहरुले पनि नाम दर्ता गराएको र तर पछि कारवाही गरिएको भन्ने मौखिक जानकारी आएको बताए। 'दर्ता नभएको क्लबलाई समावेश गर्दै कोठामै लिग सकाउने चलखेल भयो।'

त्यसको सट्टा अरु नै ६ क्लबलाई समेटर जिल्ला संघले लिगको टाइसिट नै प्रकाशित गरिसकेको उनले बताए। '१० क्लब राखेर टाइसिट आइसक्यो। तर हाम्रो नाम छैन। त्यहाँ उल्लेख ६ क्लब जिल्लामा समेत दर्ता भएको नभएको थाहा छैन। अहिलेसम्म लिग पनि भएको छैन। किन भएन हामी नै अन्योलमा छौँ।' प्रजापतिले भने। टाइसिटमा रहेको ६ क्लब चार क्लबमात्र जिल्लामा दर्ता भएको र ६ क्लब दर्ता नभएको उनले बताए।

एन्फाको वार्षिक तालिका अनुसार भक्तपुरमा जेठ १५ बाट असार १५ सम्म लिग हुने कार्यक्रम थियो। तर भक्तपुर जिल्ला फुटबल संघले प्काशित गेको टाइसिट अनुसार भने लिग असार २६ देखि साउन ४ सम्म हुने उल्लेख छ। यद्यवी अहिलेसम्म त्यहाँ जिल्लाम लिग भने हुन सकेको छैन।

आफ्नो क्लबहरु दर्ता नभएको र लिग हुन नसकेको विपषयमा एन्फामा भक्तपुर जिल्लाका लागि खटाइएका सन्जिव मिश्रसँग यसबारेमा जानका माग्दा उनले पनि प्रष्ट रुपमा केही भन्न नसकेको प्रजापतिले बताए।

भक्तपुर फुटबल क्लबका अध्यक्ष प्रजापतिले अब २-३ दिनसम्म पनि यसबारे प्रष्ट धारणा नआए असन्तुष्ट क्लबहरु अलदालत नै जाने जानकारी दिए।

आफूहरुले किन वेवास्ता गरियो भन्ने बारे जिल्ला संघका उपाध्यक्ष सुनिल प्रजापतिसँग जानकारी माग्दा उनले क्लबहरुलाई कारवाही गरेको र त्यसमा बारे थप सोध्दा अश्लिल शब्द प्रयोग गर्दै गाली गरेको आरोप पनि क्लबका पदाधिकारीले लगाए।

तर भक्तपुर जिल्ला संघका उपाध्यक्ष सुनिल प्रजापतिले भने क्लबहरुले लगाएको आरोपमा सत्यता नभएको बताए। उनले तोकिएको समयसिमासम्म क्लबहरुले दर्ता गर्न नआएको बताए। 'चार क्लबको दर्ताको लागि एक जना प्रतिनिधि आउनु भएको थियो। उहाँ पुरा रकम पनि ल्यानुभएको थिएन। अन्तिममा फोन गरेर क्लबले भाग नलिने जानकारि दिनुभयो। हामीले छिटो आएका क्लबलाई दर्ता गराएका हौँ।'

यस्तै १५ हजार दर्ता शुल्य रहेको विषयमा उनले ५ हजार डिपोजिटको लागि लिइएको र १० हजार भने दर्ता शुल्य रहेको बताए। 'अन्य जिल्लाहरुमा पनि यस्तो भइरहेको छ। काभ्रेमा २५ हजार डिपोजिटको लागि लिइएको छ। १० हजार दर्ता शुल्य लिइएको छ।'

यस्तै अहिले पानी पर्ने मौसम भएकोले तोकिएको समय लिग गर्न नसकिएको सुनिल प्रजापतिले स्विकार गरे।

'अहिले मौसमले साथ दिएको छैन।चितवनमा पनि लिग भएको छैन। हामी अहिले मैदान तयार पारिहरेका छौँ। लिग गर्नेमा हामी दृढ भएर लागेका छौँ। चाँडै नै लिग गर्छौँ।' सुनिलले भने।

उनले टाइसिटमा रहेका १० वटै क्लबहरुले अहिले आफ्नै तरिकाले तयारी गरिरहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell