PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङलाई ७-१ ले हराउँदै ब्रिगेड फाइनलमा



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : मनाङलाई ७-१ ले हराउँदै ब्रिगेड फाइनलमा
PHOTO : ANFA

काठमाडौं : रेजिन सुब्बाको ह्याट्रिक मद्दतमा मनाङ मर्स्याङ्दी क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा ब्रिगेडले मनाङलाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो।

ब्रिगेडलाई जित दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गर्दा शिशिर लेखीले दुई तथा जय गुरुङ र बृजेश चौधरीले एक-एक गोल गरे। मनाङका सचिन गुरुङले एक गोल फर्काए।

शिशिले १५औं मिनेटमा गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि सचिनले मनाङका लागि बराबरी गोल फर्काए। तर त्यसपछि भने खेल एकपक्षिय बन्दा ब्रिगेडले ६ गोल थप्यो। ब्रिगेडका लागि रेजिनले ३०औं, ७१औं र ८८औं मिनेटमा गोल गरे। शिशिरले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ६६औं मिनेटमा जय र ८३औं मिनेटमा बृजेशले एक-एक गोल थपे।

फाइनल पुगेको ब्रिगेडले अब उपाधिका लागि नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रपाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell