PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाढी पीडितलाई अक्षय कुमारले दिए २ करोड



बाढी पीडितलाई अक्षय कुमारले दिए २ करोड
फोटो: firstpost.com

बलिउड अभिनेता अक्षय कुमारले भारतको उतरपूर्वी राज्य असमका बाढी पीडितलाई भारु २ करोड सहयोग गरेका छन्। असममा बाढीका कारण मानिसहरुको जनजीवन प्रभावित भएको छ।
 
अक्षयले असमको मुख्यमन्त्री राहत कोषलाई १ करोड र काजीरंग नेशनल पार्कलाई १ करोड गरी २ करोड सहयोग गरेका हुन्। अक्षयले ट्वीटरमार्फत आफूले बाढी पीडितलाई सहयोग गरेको जानकारी दिएका हुन्। 

उनले लेखेका छन् ‘यो खबर सुनेर दुख लागेको छ, यो दुखद घडीमा बाढीबाट प्रभावित मानिस र जनावरलाई मद्दत गर्न जरुरी छ। म सीएम रिलिफ फण्ड र काजीरंगा पार्कलाई १/१ करोड दान गर्न चाहन्छु।’

साथै उनले अरु मानिसलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। असममा हालसम्म बाढी पहिरोबाट १५ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख बढी मानिसको जवजीवन प्रभावित भएको वेब दुनियाले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell