PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् सुन पसल



राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छाले खोलिन् सुन पसल

काठमाडौं : नेपाली टेबलटेनिसकी राष्ट्रिय खेलाडी स्वेच्छा नेम्वाङले अर्को सुन पसल सञ्चालन गरेकी छिन्।

नेम्वाङदे न्यु सौभाग्य ज्वेलरी सञ्चालनमा ल्याएकी हुन्। बुधवार टेबलटेनिस मुख्य प्रशिक्षक एवं स्वेच्छाको खेलको सुरुआती गुरु विनोद शाक्यले बुधबार उद्घाटन गरे।

यसअघि पार्टनरसँग मिलेर पसल सञ्चालन गरेकी खेलाडी नेम्वाङको यो दोस्रो सुन पसल हो।

यस पटक करिब ५० लाखको एकल लगानीमा सिमानमंगलमा पसल खोलिएको स्वेच्छाले जानकारी गराइन्। पसलसँगै यस पटक उनले त्यहाँ कारखाना पनि सञ्चालनमा ल्याएकी छिन्।

यसअघि उनले पार्टरसंग मिलेर २०७४ मा पुरानो बानेश्वरमा सौभाग्य ज्वेलर्स खोलेकी थिइन्।

ज्वेलर्समा स्वदेशी तथा बिदेशी गुणस्तरीय गरगहना उपलब्ध हुनुका साथै सुनचाँदी, हिरा, मोती र पत्थरलगायतका गरगहना अर्डर बमोजिम बनाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell