PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङ फेरी मिनेर्भा पञ्जावमा अनुबन्ध



पहिलोपोस्ट

नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङ फेरी मिनेर्भा पञ्जावमा अनुबन्ध
PHOTO : ANFA

काठमाडौं : नेपाली फुटबलका नम्वर वान गोलकिपर किण चेम्जोङ दोस्रो पटक भारतीय फुटबल क्लब मिनेर्भा पत्र्जावमा अनुबन्धित भएका छन्।

किरणले यसअघि सन् २०१८-१८ को सिजन मिनेभाबाट आइ लिग खेलेका थिए। त्यस सिजन चन्डिगर्डको क्लबलाई लिग जिताउन किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए।

मिनेर्भा पञ्जावले बुधवार आफ्नो अफिसियल सोसियल साइटमा किरणको यसअघिको भिडियो फुटेज पोष्ट गर्दै किरणलाई क्लबलाई स्वागत गरेको जनाएको छ।

‘किरणलाई मिनेर्भा परिवारमा भित्र्याउन पाउँदा हामी खुशी छौं।’ पछिल्लो समय विदेशी लिगमै धेरै समय फुटबल खेलिरहेका किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट व्यावसायीक फुटबल खेलेका थिए। त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै टिसीलाई च्याम्पियन बनाउन भूमिका खेले। उनी लिगको उत्कृष्ट गोलकिपर समेत घफषित भएका थिए।

यस सिजन पनि किरणले टिसीसँग सम्झौतालाई निरन्तरता दिन चेहका थिए। तर राष्ट्रिय टिमको खेल र क्लबको खेल एकै पटक परेपछि किरणले राष्ट्रिय टिम रोजे र क्लबसँगको सम्झौता रद्भ भएको हो।

मिनेर्भा गत सिजन आइ लिगमा नवौँ भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell