PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

साधना म्युजिक अर्वाड: तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड



काठमाडौं : साधना म्युजिक अर्वाड २०७६ आयोजना हुने भएको छ। साउन ६ गते सोमबार हुन लागेको उक्त समारोहलाई सामना म्यूजिक क्रियशनले आयोजना गर्न लागेको हो।

पहिलोपटक आयोजना हुन लागेको साधना म्युजिक अर्वाडमा गायिका तीर्थ कुमारी थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। थापालाई नगद सहित अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रमका सदस्य सचिव गोकर्ण लामिछानेले बताए।

त्यसैगरी गीतसंगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै पत्रकारिता गर्दै आएका तीन पत्रकारलाई ‘साधना संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरिने बताइएको छ।

अवार्डमा नेपाली गीतसंगीत क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट कला साधकलाई ‘साधना विशेष सम्मान’ समेत प्रदान गरिने सदस्य सचिव लामिछानेले जानकारी दिए।

अर्वाड समारोहमा लोक, आधुनिक, राष्ट्रिय भाव, चलचित्र लगायतका नेपाली गीत संगीतका विविध ३८ विधामा अवार्ड प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell