PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी



पहिलोपोस्ट

ज्यान मार्ने धम्की दिएको भन्दै गायक बद्री पंगेनी विरुद्ध प्रशासनमा उजुरी

काठमाडौं : लोक दोहोरी गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै आज प्रशासन कार्यालयमा उजुरी परेको हो।

पंगेनीको समूहले संचालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनुपर्ने रकम माग्दा आफूलाई ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ। दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुँपैया नतिरेर लामो समयदेखि झुलाएको आरोप शेर्पाले लगाएका छन्।

काठमाडौंको सीतापाइलामा रहेको सृष्टि फर्निचरका सञ्चालक शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा उजुरी दिएका हुन्। पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्वय विजय सिंह र सुवास अधिकारी विरुद्ध पनि शेर्पाले उजुरी दिएका छन्।

बद्री पंगेनी र उनका साझेदारहरुले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमीले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको समेत शेर्पाले बताए। पंगेनीले घमण्ड देखाँउदै पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जानु परेको शेर्पाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell