PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फेस एपमा रमाउँदै सेलिब्रेटी: सामाजिक सञ्जालमा छाएको बुढ्यौली



मन्दिरा खत्री

फेस एपमा रमाउँदै सेलिब्रेटी: सामाजिक सञ्जालमा छाएको बुढ्यौली

अहिले सामाजिक सञ्जालमा फेस एपको चर्चा छ। आम साधारण व्यक्तिदेखि विदेशी तथा नेपाली सेलिब्रेटीहरुले फेस एप मार्फत सामाजिक सञ्जालमा आफ्नो बुढ्यौली रूप सार्वजनिक गरिरहेका छन्। फेस एपले जुन उमेरको मानिसलाई पनि आफ्नो बुढेयौलीपनको झलक दिएको छ। 
सेलिब्रेटीहरुले फेस एपलाई मनोरञ्जनको साधनको रूपमा पनि लिई रहेका छन्। यसै क्रममा बलिउडमा सेलिब्रेटी वरुण धवनदेखि नेपाली सेलिब्रेटी आयुष्मान देशराज जोशीसम्मले सामाजिक सञ्जालमा आफ्नो बुढो रूप सार्वजनिक गरेका छन्। 

बलिउड अभिनेता अर्जुन कपुरले आफ्नो पचास वर्ष पछिको बुढो रूप भन्दै इन्स्टाग्राममा शेयर गरेका छन्। सार्वजनिक तस्बिरमा उनको कपाल र दाह्री सेतै देखिएको छ। उनले क्याप्सनमा लेखेका छन् ‘वल्ड एज हिट मी लाइक।’  

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Old age hit me like .. 👀

A post shared by Arjun Kapoor (@arjunkapoor) on

त्यस्तै अभिनेता वरुण धवनले पनि फेस एपको प्रयोग गरेर आफ्नो बुढ्यौलीपनको झल्को दिएका छन्। उनले इन्स्टाग्राममा आफ्ना दुईवटा तस्बिर सार्वजनिक गरेका छन्। जसमा एउटा तस्बिरमा उनी जवान रूप र अर्कोमा उनको बुढो रूप देखिएको छ। वरुणको तस्बिरमा सोनाक्षी सिन्हा, आयुष्मान खुराना, नरगिस फाखरी, हुमा कुरेशी लगायतका बलिउड हस्तीहरूले कमेन्ट गरेका छन्। 

त्यस्तै नेपाली सेलिब्रेटीले पनि सामाजिक सञ्जालमा फेस एप प्रयोग गरेका तस्बिरहरू सार्वजनिक गरेका छन्। हास्य कलाकार केदार प्रसाद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन्। एउटा तस्बिरमा उनको बुढ्यौली रूपमा झल्केको छ। जहाँ उनले क्याप्सनमा लेखेका छन् ‘साच्चिकै बुढो, माग्ने बुढो।’

अर्को तस्बिरमा माग्ने बुढा र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको बुढो रूप सार्वजनिक भएको छ। जसमा उनले लेखेका छन् फोटो अफ द डे। तस्बिरमा दीपा र केदारप्रसाद दुवैको चाउरी परेको बुढो अनुहार देख्न सकिन्छ। 

त्यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले पनि आफ्नो बुढो रूप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्, ‘बिहान बिहान कुन चाहिले काम पाएनछ। यस्तो बनाएर मलाइ नै पठाएछ, बनाउन त बनायो ठिकै छ। तर, मेरो हजुर बौ भन्दा नि बुढो बनाएछ।’ दीपकको यो बुढो रूप उनको फ्यानहरूले बनाएको अडकल गर्न सकिन्छ। सार्वजनिक तस्बिरमा दीपाले ‘मेरो बुढो साथी’ भन्दै कमेन्ट गरेकी छन्। 

यसैबीच अभिनेता आयुष्मान देशराज जोशी पनि फेस एपमा रमाएका छन्। जोशीले आफ्नो फेसबुकको 'माई स्टोरी' मार्फत आफ्नो बुढ्यौली रूप सार्वजनिक गरेका हुन्। जसमा उनको कपाल र दाह्री सेतो देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell