PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१२औं दक्षिण एसियाली शारिरीक सुगठनको तयारी पूरा : १८ विधामा प्रतिस्पर्धा हुने, नेपालबाट २३ खेलाडी



पहिलोपोस्ट

१२औं दक्षिण एसियाली शारिरीक सुगठनको तयारी पूरा : १८ विधामा प्रतिस्पर्धा हुने, नेपालबाट २३ खेलाडी

काठमाडौं: तेस्रो पटक नेपालमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघ (एनबीबीएफए) ले जनाएको छ।

यही बिहीवारदेखि आइतवारसम्म काठमाडौंमा '१२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता-२०७६' हुँदैछ। प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुने आयोजकले जनाएको छ। एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसको तयारी पूरा भएको बताए।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ। प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ।  शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सो भन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एक-एक स्पर्धा हुनेछ। यसैगरि महिला एथ्लेटिक फिजिक्स र महिला मोडलफिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ।

यस्तै प्रतियोगितामा शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफी समेत सार्वजनिक गरिएको छ। विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले उक्त ट्रफी सार्वजनिक गरे।

नेपालबाट २३ खेलाडी

अध्यक्ष श्रेष्ठले नेपालबाट २३ खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए। 'नेपालबाट पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। २ अफिसिलय पनि हुनेछन्।' उनले भने।

यस्तै सहभागि राष्ट्रहरुबाट पनि यस पटक धेरै खेलाडी नेपाल आउने अपेक्षा छ। यस पटक अहिलेसम्मकै उच्च सहभागिता हुने एनबीबिएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार करिब १३० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

 

७ लाख भारु सहयोग

प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ।

प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ। यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत खेल शिर्षक अन्तर्गत १० लाख रकम विनियोजन समेत गरिएको छ। यस्तै अन्य रकम भने विभिन्न व्यापारिक प्रतिस्थान तथा संघ संस्थाहरुबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्कबाट जुटाइने भएको छ।

विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा ले नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेकोमा खुशी व्यक्त गरे। उनले यस पटक राम्रो प्रतिस्पर्धा हुने र काठमाडौं भेन्यु हुँदा सफल हुने बताए।

एनबीबीएफएका उपाध्यक्ष दिनेश राजभण्डारीले दक्षिण एसियाली स्तरमा दुई पटक प्रतियोगिता आयोजना गरिसकेको र अब नेपालको लक्ष्य एसियन स्तरको प्रतियोगिता आयोजना गर्नु रहेको बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell