PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वकप क्वालिफायर : समूह बी मा रहेको टिमसँग नेपालको अहिलेसम्मको प्रदर्शन



पहिलोपोस्ट

विश्वकप क्वालिफायर : समूह बी मा रहेको टिमसँग नेपालको अहिलेसम्मको प्रदर्शन

काठमाडौं : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप लागि एसियाको दोस्रो चरणको छनोट ड्र सार्वजनिक भएको छ। सन् २०२३ मा चीनमा हुने एसियन कपका लागि समेत छनोट रहेको यस ड्र बाट नेपाल समूह बी मा परेको छ।

नेपाल रहेको समूहमा एसियन कप जितिसकेको अष्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत छ। नेपालले जोर्डनसँग ८ वर्ष अघि विश्वकप क्वालिफायरमै खेलेको थियो। यस्तै कुवेत र चाइनिज ताइपेईसँग पछिल्लो पटक मैत्रीपूर्ण खेल खेलेको थियो।

एसियन च्याम्पियन अष्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन।

समूह बी मा रहेको टिमसँग नेपालको यसअघिको प्रदर्शन

नेपालको समूहमा रहेको ४ मध्ये ३ टिमसँग नेपालले यसअघि नै खेलिसकेको छ। तर अष्ट्रेलियासँग भने नेपालले पहिलो पटक खेल्न लागेको हो।

अन्य ३ टिमसँग पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन। नेपालले जोर्डन, चाइनिज ताइपेई र कुवेतसँगको खेल अहिलेसम्म जित्न सकेको छैन। नेपालले ३ वटै विपक्षीसँग एक-एक बराबरी गरेको छ।

जोर्डनसँग दुई खेल खेल्दा १ मा हार बेहोरेको थियो भने १ खेल बराबरी गरेको थियो। यस्तै चाइनिज ताइपेईसँग खेलेको एक मात्र खेल बराबरीमा सकिएको थियो।

यस्तै कुवेतसँग ६ खेल खेल्दा नेपालले ५ खेल हारेको छ भने एक खेल बराबरी गरेको छ।

नेपालले यसअघि जोर्डनसँग सन् २०१४ को फिफा विश्वकपको लागि २०११ मा दुई खेल खेलेको थियो। अवे खेलमा ९-० ले पारजित भएको नेपालले घरेलु मैदानमा भने १-१ को बराबरीमा रोकेको थियो।

कुवेत र चाइनिज ताइपेईसँग भने नेपालले विदेशी प्रशिक्षक योहान कलिन आएपछि बराबरी गरेको हो।

ताइपेईसँग अहिलेसम्म खेलेको एक मात्र खेलमा नेपालले १-१ को बराबरी खेलेको थियो। यस्तै कलिनको आगमनपछि नेपालले कुवेतसँग उसैको मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक हार  एक बराबरीको नतिजा निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell