PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोहर संकलन गर्ने निजी संस्था काठमाडौं महानगरमा दर्ता हुनुपर्ने



फोहर संकलन गर्ने निजी संस्था काठमाडौं महानगरमा दर्ता हुनुपर्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर संकलन गर्ने निजी संस्थाहरु दर्ता गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ। हाल निजी संस्थाले आफूखुशी फोहर संकलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ। उनीहरुले त्यसरी व्यवस्थापन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रति टिपरको रु ३५० बुझाउने गरेका छन्। उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए।

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वटा वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर संकलन गर्दै आएका छन्। कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उनले बताए। उनले भने, 'फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ।'

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ संकलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले बताए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। सरकारले फोहर व्यवस्थापनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell